Wednesday, August 16, 2017

आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम



एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला ? सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि अरुलाई अर्थ नहोला । तर, ९८ वर्ष पहिले लेखिएको एउटा चिठी भने लाखौं मूल्यमा बिकेको छ ।
आजभन्दा ९८ वर्ष पहिले वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नी पत्नीलाई लेखेको चिठी २१ हजार ४९२ डलर अर्थात् झण्डै २२ लाख रुपैयाँमा बिकेको छ ।

पत्रको सुरुमा आइन्स्टाइनले पत्नी मिलेवा मरिकलाई सम्बन्ध विच्छेद गर्ने व्यवस्था र छोरा हेन्स अल्बर्टको शिक्षाको बारेमा चर्चा गरेका छन् ।
आइन्स्टाइनले सन् १९१९ को डिसेम्बर ५ मा आफ्नी पत्नी र छोरालाई उक्त चिठी लेखेका थिए । कापीको पन्नाको दुबैतर्फ लेखिएको उक्त चिठीमा आइन्स्टाइनले एकातर्फ अल्बर्ट र अर्कोतर्फ पापा नामबाट हस्ताक्षर गरेका थिए । हस्तलिखित यो पत्रले आइन्स्टाइनको निजी जिवन र उनको वैज्ञानिक विरासतको विवरण दिन्छ ।
उनले लेखेका छन् – यस्तो प्रतीत हुन्छ कि मेरो भाग्यमा फिरन्ते जिन्दगी लेखेको छ । मौजूदा अवस्थामा यो बुझ्न सक्छु कि तिमी निकै राम्रो हुन सक्दछौ । अल्बर्टको स्कुल नसारियोस् भन्ने म चाहन्छु । अर्को पन्नामा उनले छोरा हेन्स र एडबर्डको पढाइका बारेमा अन्य कुरा लेखेका छन् ।
आइन्स्टाइनको यो चिठी अमेरिकाको पिआर अक्सन हाउसमा लिलामी भएको हो ।
२०७४ साउन ३२ गते २२:१० मा प्रकाशित

क्यान्सरदेखि मधुमेहसम्ममा फाइदाजनक यो फल, तर यसकारण सर्तक रहनुपर्छ



अनारमा केहि यस्ता महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि ।
शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ । यद्यपी कुनैपनि फल सोझै सेवन गर्नुभन्दा त्यसको रस बनाएर सेवन गर्नु बढी फाइदाजनक हुन्छ । यद्यपी बजारमा पाइने जुसमा भने मिसावट हुनसक्छ । घरमै ताजा रस बनाएर पिउन सकिन्छ ।

भनिन्छ, अनार सेवन गर्दा दुई किसिमको रोगसँग लड्ने क्षमता बढ्छ । यदि लगातार एक सातासम्म अनार सेवन गर्ने हो भने, त्यसले स्वास्थ्यमा लाभ मिल्छ ।
त्यसो सबै मौसमी फलको आ-आफ्नै गुण, विशेषता र महत्व हुन्छ । सबै फल स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छ । यद्यपी त्यसमध्ये पनि अनार निकै महत्वपूर्ण मानिन्छ ।
तौल घटाउन
यदि तौल सामान्यभन्दा बढी छ भने अनारको सेवन लाभदायक हुन्छ । अनारले कम्मरमा जमेको बोसो घटाउने काम गर्छ । किनभने मोटो व्यक्तिको सबैभन्दा बढी बोसो कम्मरमा हुन्छ । अनार वा अनारको जुस सेवन गर्दा उक्त वोसो घट्छ ।
मधुमेहमा फाइदाजनक
मधुमेह रोगीका लागि अनारको सेवन फाइदाजनक हुन्छ । सामान्यत के सोचिन्छ भने अनारमा शुगर हुन्छ । यो सहि हो । तर, त्यसमा रहेको शुगरले शरीरमा शुगरको लेभल बढाउँदैन ।
हृदय रोगमा
अनारको सेवनले रक्त धमनीलाई पोषित गरेर रक्त प्रवाहमा सुधार ल्याउँछ । इटलीको एक विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार अनारको रसले धमनीमा हुने समस्याको उपचार गर्छ । यसका साथै बेलायतको पोषण जर्नलमा प्रकासित अध्ययन अनुसार ८ सय मिलीग्राम अनराको बीजको तेल ट्राइग्लिसराइड्स कम गर्छ र उच्च घनत्व भएको लिपोप्रोटिन अनुपातमा सुधार ल्याउँछ । अनारको जुसमा पाइने तत्वले कोलोस्टोरको मात्रा कम गर्छ । साथै रगतलाई शुद्ध गर्छ । यसले रगत पातलो बनाउँछ ।
स्मरण शक्ति बढाउन
अनारको सेवनले स्मरण शक्ति बढाउने बताइन्छ । यसले अल्जाइमर जस्तो मस्तिष्क सम्बन्धित बिकार हटाउने पनि क्षमता राख्छ । २०१३ मा भएको एक सोध अनुसार दिमागी क्रियामा सुधार ल्याउनका लागि अनारको रस उपयोगी हुन्छ ।
पाचन क्रिया
नियमिन रुपले अनार सेवन गर्दा पाचन सम्बन्धी समस्या पनि हट्छ । पाचन क्रिया सहि भयो भने धेरै किसिमको रोगको भय पनि हुँदैन ।
क्यान्सरको खतरा कम
अनारको सेवनले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ । यसले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ । साथै अनारमा एन्टिअक्सिडेन्ट हुन्छ । यसले क्यान्सरको कोशिकालाई नष्ट गरेर ट्युमरको विकासमा पूर्ण बिराम लगाउँछ । अनारको फलको सेवन प्रोस्टेट, फोक्सो, स्तन र छालाको क्यान्सरमा अत्यान्त लाभदायक हुन्छ ।
अनुहारमा निखार
अनार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथै सुन्दरताको लागि पनि । आर्युवेदमा यसलाई सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । अनारको बोक्राको स्क्रब बनाएर प्रयोग गर्दा अनुहारको ब्ल्याक हेड्स हट्छ । साथै अनारको सेवनले अनुहारमा चमक ल्याउँछ ।
गर्भावस्थामा फाइदाजनक
अनारमा भिटामिन र मिनरल हुन्छ । यसका साथै फ्लोरिक एसिड पनि पाइन्छ । यो गर्भमा रहेको शिशुका लागि राम्रो भोजन हो । अनारमा पाइने पोटेशियमले गर्भावस्थामा हुने खुट्टाको दुखाई पनि कम गर्छ ।
– अनारले छालालाई रुखो हुन दिदैन ।
– अनुहारमा चाउरीपन आउन दिदैन ।
– अनुहारको दाग धब्बा र डार्क सर्कलबाट बचाउँछ ।
– अनारको सेवन डन्डिफोरको समस्या हटाउन पनि लाभदायक हुन्छ ।
– अनारको रस सेवन गर्दा त्यसले केसको सौन्दर्य पनि बढाउँछ ।
– अनारले केसलाई बलियो र चम्किलो बनाउँछ ।
अनारको हानी
कुनैपनि फलको गुण र अवगुण दुबै हुन्छ । त्यस्तै अनारमा पनि अवगुण हुन्छ । अवगुण भन्नु भन्दा पनि कतिपय अवस्थामा यसको सेवन ठीक हुन्न ।
– कुनैपनि किसिमको एलर्जी छ भने अनारको सेवनले त्यो एलर्जी थप बढाउँछ ।
– अनारको रस इन्फ्लुएन्जा, कब्जियत आदिमा राम्रो हुँदैन ।
– अनारले रक्तचाप नियन्त्रण गर्छ । यद्यपी यसका साथै औषधी पनि सेवन गरिरहेको छ भने त्यसको नकारात्मक असर पर्न सक्छ ।
– कतिपय रोगमा औषधी सेवन गरिरहेकाहरुले अनार सेवन गर्नु हुँदैन ।
ध्यान दिनुपर्ने कुरा
– अनारलाई एक हप्तासम्म सामान्य तापमानमा भण्डारण गर्न सकिन्छ ।
– यदि फ्रिजमा राख्ने हो भने त्यसलाई प्लाष्टिकमा लपेटेर राख्नुपर्छ ।
– अनारको ताजा बीजलाई चार दिनसम्म पि|mजमा राख्न सकिन्छ ।
– यदि अनारको बिज खाएपछि खाद्य एलर्जी भयो भने त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।
– रक्त सम्बन्धी औषधी सेवन गरिरहेकाहरुले अनार खानुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।
२०७४ साउन ३२ गते २२:३० मा प्रकाशित

Tuesday, August 15, 2017

भगवान श्रीकृष्णको १० प्रेरक बचनः कसरी रहने सुखी र सफल ?


वास्तवमै भगवान श्रीकृष्ण थिए वा त्यो कुनै चरित्रको रचना गरिएको थियो ? यसमा अनेकन तर्क छन् । यद्यपी सबैले स्विकारेको के भने, श्रीकृष्ण एक यस्तो पात्र हुन् जो अनुसरणिय छन् । नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।
भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।
१. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।

२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।
३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।
४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।
५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।
६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।
७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।
८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।
९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।
१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।
२०७४ साउन ३१ गते १३:५३ मा प्रकाशित

Friday, August 11, 2017

Flying with no hands


Oxford and Cambridge have now decided to remove the words CAN'T and IMPOSSIBLE from their dictionary. Jessica Cox, 25, a girl born without arms, stands inside an aircraft. The girl from Tucson , Arizona got the Sport Pilot certificate lately and became the first pilot licensed to fly using only her feet.  Jessica Cox of Tucson was born without arms, but that has only stopped her from doing one thing: using the word "can't."
Her latest flight into the seemingly impossible is becoming the first pilot licensed to fly using only her feet.
With one foot manning the controls and the other delicately guiding the steering column, Cox, 25, soared to achieve a Sport Pilot certificate Her certificate qualifies her to fly a light-sport aircraft to altitudes of 10,000 feet.
She's a good pilot. She's rock solid," said Parrish Traweek, 42, the flying instructor at San Manuel's Ray Blair Airport .    Parrish Traweek runs PC Aircraft Maintenance and Flight Services and has trained many pilots, some of whom didn't come close to Cox's abilities.
When she came up here driving a car," Traweek recalled, "I knew she'd have no problem flying a plane."
Doctors never learned why she was born without arms, but she figured out early on that she didn't want to use prosthetic devices.    So, the next time you are ready to tell yourself, "I can't possibly..." remember this amazing young woman and change your vocabulary.

Never Give Up On Your Life

Life can make you feel powerless
But never give up
People can make you feel worthless
But never give up
Friends can make you feel hopeless
But never give up
Family can make you feel hapless
But never give up
Life can be very vicious
But never give
People can be very capricious
But never give up
Friends can be very ungracious
But never give up
Family can be very malicious
But never give up
Life can be very tiring
But never give up
People can be all uninspiring
But never give up
Friends can be all conspiring
But never give up
Family can be uncompromising
But never give
Never give up
Trying to live a happy life
Never give up
Trying to connect with good people
Never give up
Trying to form good friendships
Never give up
Trying to start a great family
Never give up
on the miracle that is life
Never give up
on the beauty of humanity
Never give up
on the joyfulness of friendship
Never give up
on the blessedness that is family
Never give up
on your dreams
Never give up
on your story
Never give up
on your life
Never give up
on your glory


आर्युवेदमा पीपलको विशिष्ठ महत्व छ । पर्यवरणलाई शुद्ध राख्ने पीपल औषधिय गुणले भरिपूर्ण छ । त्यसैले पीपलको रुख पूज्य भएको हो । पीपलको पात, जो हृदय सम्बन्धी रोग भएकाहरुका निम्ती एकदमै लाभदायक हुन्छ । हृदय रोग एवं हृदयघातको समस्यामा पीपलको पातको रस उपयोगी हुन्छ ।
रक्त प्रवाहलाई सुचारु गराउन

कसरी प्रयोग गर्ने ?
पीपलको पातको रसले रक्त प्रवाहलाई सुचारु गराउन सहयोग गर्छ । मुटुमा रगतको अवरोध हटाउन पीपलको पातको रसले प्रभावकारी काम गर्छ । भनिन्छ, ९९ प्रतिशत ‘हार्ट ब्लकेज’ हटाउन यस्तो रस उपयोगी हुन्छ ।
यसका लागि पीपलको १५ वटा पात चाहिन्छ । पात धेरै कलिलो भने हुनु हुँदैन । प्रत्येक पातको माथिल्लो र तल्लो भाग काट्नुपर्छ र बीचको भागलाई पानीले राम्ररी सफा गर्नुपर्छ । यसलाई एक गिलास पानीमा धिमा आगोमा पकाउनुपर्छ । जब पानी उम्लिएर एक तीहाई भाग रहन्छ, तब सेलाएपछि सफा कपडाले छान्नुपर्छ । उक्त पानीलाई चिसो ठाउँमा राख्नुपर्छ ।
कसरी प्रयोग गर्ने ?
यो रसलाई तीन खुराक बनाएर प्रत्येक तीन घण्टापछि सेवन गर्नुपर्छ । यदि हृदयघात भइसकेको अवस्था छ भने लगातार पन्ध्र दिनसम्म यसलाई सेवन गर्नुपर्छ, हृदय पुन स्वस्थ्य हुन्छ । साथै हृदयसम्बन्धी जोखिम पनि कम हुन्छ ।
– पीपलको पातमा मुटुलाई बलियो बनाउने एवं शान्त राख्ने अद्भूत क्षमता हुन्छ ।
– पीपलको पातको रस तीन खुराक विहान ८ बजे, मध्यन्ह ११ र २ बजे लिन सकिन्छ ।
– खुराक लिनुअघि पेट एकदम खाली हुनुहुँदैन । सुपाच्य एवं हल्का नास्ता गरेको हुनुपर्छ ।
– प्रयोगकालमा तारेको, भुटेको वा चामल सेवन नगरौ । मासु, माछा, अन्डा, मदिरा, धुमपान बन्द गरौ ।
२०७४ साउन २४ गते १३:२२ मा प्रकाशित

मुलाको जुस पिउनुहोस्, स्वास्थ्यमा यस्तो परिवर्तन पाउनुहुनेछ


मुला । सजिलै पाइने । सस्तो पनि हुने । जहाँ पनि भेटिने । पकाएर खाए भो, काँचो खाए पनि हुने । सलादको रुपमा खान सकिने, तरकारीको रुपमा खान सकिने, अचारको रुपमा खान सकिने । बहुउपयोगी र गुणकारी खानेकुरा हो, मुला ।
मुलाको रसके पाइन्छ रसमा ?
हुन त मुलालाई त्यसै खाए पनि हुन्छ । साथै यसको रस बनाएर पिउन सकिन्छ । मुलाको रस पिउनु स्वास्थ्यका लागि बढी फाइदाजनक छ । किनभने, जुस बनाएर खाँदा मुलामा रहेको पोषक तत्व शरीरमा राम्ररी अवशोषित हुन्छ ।
मुलाको रसमा जिंक, कपर, फोलेट, क्याल्सियम, पोटोसियम जस्ता पोषक तत्व पाइन्छ । साथै यसमा भिटामिन ए, सी र बि-६ पनि पाइन्छ । मुलाको जुस सेवन गर्दा यी सबै पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्न सक्छ ।
के छ फाइदा ?
मुला एवं मुलाको जुस सेवन गर्नुको फाइदै फाइदा छन् । यसले पाचन यन्त्र चुस्त बनाउनेदेखि थुप्रै फाइदा गर्छ ।
१. राम्रो क्लिन्जर
मुलाको रस एकदमै राम्रो क्लिन्जर हो । यसले मुत्राशय, मृगौला, प्रोस्टेट र पाचन तन्त्रलाई शुद्ध गर्छ । मुलाको रसले हानिकारक विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । मुलाको जुस पित्ताशयको थैली र कलेजो सफा गर्न पनि उपयोगी हुन्छ ।
२. इन्जाइम हुन्छ
मुलाको रसमा म्यारोसिनेस, एस्टि्रसिस, एमाइलेन्ज र डाइजेस्ट जस्ता केहि इन्जाइम हुन्छ । यसले फििफलोमाइल्जी जस्ता फंगल रोगको उपचार गर्छ ।
३. कब्जियतबाट छुटकारा
यसले पाचन क्षमता बढाउँछ । पित्तको प्रवाहलाई नियन्त्रित गर्छ । यदि तपाई कब्जियतको रोगी हुनुहुन्छ भने मुलाको रस तपाईको निम्ती निकै उपयोगी हुन्छ ।
४. एन्टि इन्फ्लेमेटरी गुण
मुलाको रसमा रहेको एन्टी इन्फ्लेमेटरी  गुणले मूत्र नली सफा गर्नका साथै मृगौला सम्बन्धी संक्रमण पनि हटाउँछ । मुलाको रस नियमित सेवन गर्दा मृगौलामा पत्थरी हुने समस्या पनि हुँदैन ।
५. दम रोगमा उपयोगी
अस्थमा वा ब्रोन्काइटिस जस्ता समस्याले पीडित हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईको निम्ती मुलाको रस उपयोगी हुन्छ । यसले फोक्सोको श्लेष्म नष्ट गर्न सहयोग गर्छ ।
६. क्यान्सर फैलने क्रम रोक्छ
मुलाको रसमा एन्थाकायनिन र भिटामिन सि पाइन्छ । यसले क्यान्सरको कोसिका विकास हुन दिदैन ।
७. छालाको लागि
मुलाको रस छालाको लागि पनि फाइदाजनक हुन्छ । यसमा फस्फोरस, भिटामिन ए र सि हुन्छ । यसले छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाउन मद्दत गर्छ ।
२०७४ साउन २३ गते १५:१४ मा प्रकाशित